संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच दुई पटक छलफल भएपनि सहमति भएको छैन् । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार भएको सहमति संसद भवन पुग्दा तोडिदै आएको छ । सोमबार पनि छलफललगत्तै संसदमा सञ्चालन हुने खबर गरिएको थियो । एमालेका सांसदले आकस्मिक समय लिएर सुन तस्करीबारे प्रश्न उठाउने र गृहमन्त्रीले जवाफ दिने समझदारी भएको भनिएको थियो ।
सभामुखले पनि प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर छलफल गरेका थिए । उनले संसद सञ्चालन हुने सहमति भएको खबर आएको जानकारी गराए र शून्य र विशेष समय राख्ने छलफल गरेका थिए । तर, बैठक एक्कासी चल्न नदिने भनेर एमालेले जानकारी गराएपछि उनले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए ।
मंगलबार पनि बैठक चल्ने नचल्ने विष्मया सभामुख घिमिरे अन्योलमै छन् । एमालेले भनेअनुसार छानविन समिति नबने बैठक चल्ने अवस्था देखिएको छैन् । यही आज सभा सञ्चालन भएमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।
सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै, सभामुखले घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
राजनीति सबै नीतिको मुहान भएकाले यसलाई सफा राख्नुपर्छः ओली
राजनीति सबै नीतिको मुहान भएकाले यसलाई सफा राख्नुपर्छः ओली
साउन १५, २०८० सोमबार
गृहमन्त्रीको राजीनामाबिना सुन प्रकरणको छानविन प्रभावित हुने एमालेको अडानपछि बनेन समिति
गृहमन्त्रीको राजीनामाबिना सुन प्रकरणको छानविन प्रभावित हुने एमालेको अडानपछि बनेन समिति
साउन १५, २०८० सोमबार
आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित
आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित
साउन १५, २०८० सोमबार