कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ !“आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा अझै पनि रोपाइँ हुनसकेको छैन, कुलो, नहरबाट पानीको व्यवस्था भएका अधिकांश ठाउँमा रोपाइँ सकिएको छ ।”
टारीखेतमा पानीको असुविधा भएकाले वर्षा नहुँदा सम्म रोपाइँ गर्न कठिनाइ भएको समसुलहक मियाँ तेलि र महम्मद मियाँ मन्सुरी को भनाईं छ,!छिपहरमाई गाउपालिका वडा नं ५ । उनले भने, “यस वर्ष जिल्लामा रोपाइँ पनि ढिला भएको हो, समयमै पानी नपर्दा धानको बिउ राख्नै समस्या भयो ।”
मियाँ कोअनुसार यस वर्ष समयमै पानी नपरेका कारण धेरै ठाउँमा कृषकले समयमै बिउ राख्न पाएनन् । कतिपय ठाउँमा भने कृषकले रोपाइँ गर्ने आँट नै गरेनन् । कुलो, बाँधबाट पानीको व्यवस्था भएको ठाउँमा रोपाइँ सुरु भए पनि मुल नफुटेका कारण अन्यत्र ठाउँमा रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ ।
कृषि