सुन प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गरिरहेको नेकपा एमालेले संसद अवरोध खुलाउन सहमति दिन अस्वीकार गरेपछि एक साताका लागि सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो ।
एमालेले छानविन समिति गठनको माग गरेपनि सत्ता पक्षले अनुसन्धान चलिरहेकाले यसलाई प्रभावित पार्ने गरि समिति गठन गर्न नसकिने अडान राखिरहेको छ । तर, एमालेले छानविन समिति कस्तो हुने ? त्यसको दायरा के हुने ?
निष्पक्षतामा विश्वास गर्ने आधार के भन्ने प्रश्नहरुको जवाफ दिन नसक्दा पनि समिति गठनको विषयमा आलोचना हुन थालेको छ ।