Thursday, November 14, 2024

चितवनमा रविले सञ्चालन गरे निःशुल्क बस

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबारदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर २ मा महिलाका लागि निःशुल्क बस सञ्चालनमा ल्याएका हुन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा उनले बुधबारबाट ब्लु बस सञ्चालनमा ल्याएका हुन् । उनले बस सेवा सञ्चालनले चितवनवासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । यस्तै उनले भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस थप गर्ने समेत बताए । अहिले पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध गराइदै छ । यस्तै, उनले वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउने रोजगारीको विज्ञापन खोलेको समेत बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles