Thursday, November 14, 2024

एआईजी श्याम ज्ञवालीद्वारा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

ताजा / भरखरै प्राप्त

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन ०९ गतेको निर्णयले विभिन्न मितिमा भर्ना भई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएका प्रहरी कर्मचारीहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।काठमाण्डौ उपत्यका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका १ जना, प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका २८ जना गरी कुल २९ जना प्रहरी अधिकृतहरू रहनु भएको छ ।

सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्‍ठ नायव निरीक्षक निरू सुवेदीले पदोन्नतिबाट प्राप्‍त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्‍ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

Previous article
Next article
चितवनमा ट्राफिक कारबाहीतीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलनचितवन । गत आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार छ सय नौ, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार नौ सय ६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।गत आवमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उनले बताए। सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles