Monday, April 21, 2025

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैदतनहुँ । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए । उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् । रासस

ताजा / भरखरै प्राप्त

Previous article
होटलको कोठामा जुवा खेलिरहेका ५ प्रहरीको नियन्त्रणमाहेटौंडा । हेटौंडाको एभोकाडो होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–२ स्थित एभोकाडो होटलको कोठा नम्बर २०८ मा जुवाको खालबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।अवैध रुपमा जुवा खेलिरहेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उक्त होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा हेटौडा–१ बस्ने वर्ष ४० को बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने वर्ष ३५ को दिपक घले, चितवनको भरतपुर महानगरपालिका–२ घर भई हाल हेटौडा– ४ बस्ने वर्ष ४५ को सुन्दर कुमार श्रेष्ठ, हेटौडा–५ बस्ने वर्ष ३४ को सहदेव लम्साल, हेटौंडा ४ बस्ने वर्ष ४२ को प्रकाश मानन्धर रहेका छन् ।उनीहरुलाई २ लाख ५४ हजार ४२० रुपैयाँको जुवा खालबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला गरिएको तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरीएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles