Monday, February 17, 2025

सरकार र ठेकेदारबीच भुक्तानी विवादले निर्माण आयोजना प्रभावित बनाउने देखिएको छ । काम गरेको रकम भुक्तानी नभएको भन्दै निर्माण व्यवसायीहरूले आन्दोलन चर्काउँदै लगेका छन् । उनीहरूले देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी सरकारलाई दिएका छन् ।

ताजा / भरखरै प्राप्त

शुक्रबार नेपाल निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने थप चेतावनी दिएका हुन् । उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका छन् । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताएका छन् ।

विरोध कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नु पूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको भन्दै असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि सो अनुसार कार्यान्वयन गर्न नसकेको बताए । निर्माण व्यवसायीहरूले बजेट बिनाका आयोजनाहरू खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुस्ट म्याद थप गर्नुपर्ने उनको माग छ ।

उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिएका छन् । कार्यक्रममा निर्माण व्यवसायी एवं नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्कापट्टामा लाग्ने हो भन्दै प्रश्न गरेका छन् ।

विरोध कार्यक्रममा महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाउँदै सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए । लामिछानेले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिए ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्ने पूर्वाधार विकास समितिको निर्णय
सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्ने पूर्वाधार विकास समितिको निर्णय
साउन १६, २०८० मंगलबार

सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलले गराए ध्यानाकर्षण
सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलले गराए ध्यानाकर्षण
साउन १६, २०८० मंगलबार

५ बुँदे मागसहित निर्माण व्यवसायी उत्रिए आन्दोलनमा [ हेर्नुस भिडियो ]
५ बुँदे मागसहित निर्माण व्यवसायी उत्रिए आन्दोलनमा [ हेर्नुस भिडियो ]
साउन १४, २०८० आइतबार

नेपालबहस ट्रेन्डिङ
रास्वपाका नेताले ठेक्का लिएको सशस्त्रको वस्त्र खरिदमा करोडौं भ्रष्टाचार, सेटिङमा प्रति सेट १० हजार घोटला
रास्वपाका नेताले ठेक्का लिएको सशस्त्रको वस्त्र खरिदमा करोडौं भ्रष्टाचार, सेटिङमा प्रति सेट १० हजार घोटला
नेपालबहस संवाददाता

साउन १७, २०८० बुधबार

बैतडीमा अनौठो बच्चा जन्मियो, टाउकोतिर खुट्टा !
बैतडीमा अनौठो बच्चा जन्मियो, टाउकोतिर खुट्टा !
नेपालबहस संवाददाता

साउन १८, २०८० बिहिबार

आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
नेपालबहस संवाददाता

साउन १७, २०८० बुधबार

लुम्बिनी विकास बैंकको ओरालो यात्रा, खराब कर्जा आक्रामक हिसाबले बढ्दै !
लुम्बिनी विकास बैंकको ओरालो यात्रा, खराब कर्जा आक्रामक हिसाबले बढ्दै !

Previous article
छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैदतनहुँ । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए । उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् । रासस
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles