Tuesday, October 21, 2025

डिएसपी महिला काण्डमा कुटिए :-

ताजा / भरखरै प्राप्त

चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठन कतिपय कर्मचारी पनि पटक–पटक महिलाकाण्डमा फस्दै डिएसपी चन्द्रेश्वर यादवको काण्ड बाहिर आयो ।जनकपुरस्थित गणमा कार्यरत उनी महोत्तरीको जलेश्वरस्थित एक महिलाको घरमा पुगेका थिए । ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । महिलाका श्रीमान विदेशमा बस्ने भएकाले उनी बारम्बार त्यहाँ जाने गरेको खुल्यो ।हालै श्रीमान नेपाल आएका थिए । घरमा डिएसपी यादवलाई श्रीमतीसँग भेटेपछि ती व्यक्तिले कुटेका हुन् । हारगुहार गरेर उनले ज्यान जोगाएका थिए । घटनामा उनको हड्डी नै टुटेको छ ।
काठमाडौंस्थित प्रहरी अस्पतालमा उनी उपचार गराउँदै आएका छन् । घटनाको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले एसपी महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।६ महिना जागिर बाँकी रहेका डिएसपी यादवलाई विभागीय कारबाहीले त असर नगर्ला तर यो घटनाले उनको मात्र होइन सिंगो प्रहरी संगठनकै छवि धुमिल भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles