Tuesday, October 22, 2024

मकवानपुर ,१८ साउन ।

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल न.१४ गण मकवानपुरले भन्सार छली चोरी पैठारी गरी ल्याईएका अवैध कपडा र कन्टेनरसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको कमान्डमा उक्त कन्टेनरबाट पैन्ट ३० पोका ४०० का दरले १,२०,०००/-,टिसर्ट २०० पोका १५०० का दरले ३,००,०००/- र कुर्ता ५१३ पोका २००० का दरले १०,२६,०००/-जम्मा गरि १४ लाख ४६ हजार बराबरको सो कपडाहरु बरामद गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको सशस्त्र प्रहरी बल मकवानपुरले जानकारी गराएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles