Monday, November 11, 2024

धनुषामा पालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जना पक्राउजनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा सञ्चालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका सञ्चालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।हाल सबैलामा बस्दै आएका महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।अनुसन्धानकै क्रममा धनुषाधामका एक कम्प्युटर सेन्टरका सञ्चालकलाई समेत पक्राउ गरि अनुसन्धान भैरहेको देवकोटाले बताए ।

ताजा / भरखरै प्राप्त

Previous article
कुखुराको चल्लासहित दुई जना नियन्त्रणमासिरहा जिल्लाको सिरहा नगरपालिका ७ स्थित शिवचोकबाट साउन १७ गते सशस्त्रप्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराकोचल्ला र बलेरो पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।सोही जिल्लाको गोलबजार नगरपालिका १० धरमपुर बस्ने २० वर्षिय पवन सदाय र१८ वर्षिय लजे मुखियालाई सदरमुकाम सुरक्षा वेश सिरहाले नियन्त्रणमा लिएकोहो ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १६८४ नम्बरको बलेरो पिकअप गाडीमाराखी ल्याउँदै गरेको उल्लेखित मुल्यको ५ हजार वटा कुखुराको चल्ला सहितउनीहरुलाई नियन्त्रणमा लिईएको हो । उनीहरु उक्त गाडीको चालक तथा सहचालकरहेका छन् ।नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चल्ला तथा गाडीसहित आवश्यककारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।
Next article
गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्नगृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो ।उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles