Monday, June 30, 2025

प्रचण्डलाई जनार्दनको प्रश्न : कुन अप्ठ्यारो मोडमा मेरो साथ पाउनुभएन ?

ताजा / भरखरै प्राप्त

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको बताएका छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो भनेर प्रचार गर्ने गरिएको भन्दै असन्तुष्टि जनाए ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले अध्यक्षले चाहेका बेला आफ्नो मतलाई समेत थाती राखेर काम गरेको बताए । पछिल्लो समय ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बाहिर बोल’ भनेपछि आफ्नो मत थाती राखेर भएपनि पालना गरेको शर्माले सुनाए ‘कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ’, उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ?’आफूलाई गुटको नेता मान भनेर कसैलाई नभनेको, तर विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा भने उठाएको शर्माले बताए । उनले अगाडि भने, ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’

Previous article
Next article
प्रचण्डको विकल्प खोजेका छैनौं : वर्षमाननेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताएका छन् । तर उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्ने बताए ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’ पार्टीमा विचारको नभई विधिको समस्या रहेको भन्दै उनले भने, ‘तर उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔं ।’ उनले पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने उनको प्रस्ताव छ ।उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको भन्दै जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि बीचैमा नरोकिने र रोक्न नहुने बताए ।‘छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ’ एक क्विन्टल सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्वीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित गर्दै उनले भने, ‘यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles