Monday, June 30, 2025

भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ :-बुटवल । भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ परेका छन् । अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेका ३ लाखभन्दा बढी मूल्यका मोबाइलसहित ४० वर्षीय विशाल जैसवाल पक्राउ परेका हुन् ।जैसवाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ निवासी हुन् । उनलाई आफ्नै घरबाट मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनको घरबाट स्क्रिनटच मोबाइल ३६ पिस, विभिन्न कम्पनीका सादा मोबाइल १० पिस र पावर वैँक ६ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । ती मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार बराबर रहेको समेत अर्यालले बताए । । पक्राउ परेका जैसवाल र बरामद मोबाइल भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
गाँजासहित एक जना नियन्त्रणमारौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित पर्सवनी चोेकबाट साउन १५ गते सशस्त्र प्रहरीले करीव ३ के.जी.गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।मकवानपुर जिल्लाको बकैया गाँउपालिका ३ बस्ने ४५ वर्षिय कान्छामानतामाङ्गलाई नं. ११ गण रौतहटले जाँच गर्दा निजले बोकेको झोलामा उल्लेखितपरिमाणको गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिईएका उनलाइ बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।मोबाईलका कभर तथा एक्ससेरिज बरामदरुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका ४ बसन्तपुर बाईपास रोडबाट साउन१७ गते सशस्त्र प्रहरीले करीव ५ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको आईफोनमोबाईलका कभर तथा एक्ससेरिजहरु बरामद गरेको छ ।विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीलेसोही ठाउँमा रहेको एक स्थानीयको घरको सटरमा तीनवटा कार्टुनमा राखिएकोउल्लेखित सामान फेला पारेको हो ।बरामद सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
Next article
प्रहरीका अधिकारी पटक पटक महिला काण्डमा पर्दै :-नेपाल प्रहरीका अधिकारी पटक पटक महिला काण्डमा पर्दै आएका छन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्सपेक्टर सुवास तिमल्सिना यस्तो काण्डमा मुछिएका छन् ।एक युवतीसँग अश्लील च्याट गरेको विषय बाहिर आएपछि उनीमाथि कारबाही सिफारिस भएको छ । ती युवतीले नै इन्सपेक्टर तिमिल्सिनाले आफुलाई यसरी सामाजिक सञ्जालबाट हिंसा गरेको भन्दै उजुरी गरेकी थिइन् ।इन्सपेक्टर तिमिल्सिनाका धेरै प्रेमिका रहेको र त्यही विषयमा झगडा भएर सो घटना बाहिर आएको समेत बताइएको छ । तर, यो घटनाले प्रहरीलाई विवादमा पारेको छ ।त्यसअघि अर्काे गम्भीर घटनामा एसएसपी योगबहादुर पाल मुछिएका थिए । कञ्चनपुरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत रहेका बेला आफ्नै कार्यालकी महिला हवल्दारलाई उनले ‘गुड फ्राइडे’ मनाउने प्रस्ताव गरेका थिए । ती महिला हवल्दारले उजुरी गरेपछि छानबिन हुँदा उनी दोषी देखिए ।छानबिनको क्रममा सो कार्यालयका अन्य महिला प्रहरीमाथि समेत उनले यौन हिंसा गर्दै आएको खुलेको छ । सो घटनामा उनलाई निलम्बन गरिएको छ । एसएसपी पाल विगतमा पनि यस्ता गम्भीर किसिमका महिला काण्डमा फस्दै आएका अधिकृत हुन् । तर, राजनीतिक पहुँचका कारण जोगिदै आएका थिए ।यो घटनामा पनि उनीमाथि विभागीय कारबाही मात्र भएको छ । उनीामथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढेको छैन ।विगतमा अरु धेरै प्रहरी अधिकारी यस्तो काण्डमा परेका छन् । बलात्कार आरोप लागेपछि तीन वर्षअघि डिएसपी राजकुमार खिउजुले राजीनामा दिएका थिए । पछि उनी पक्राउ परे । युवतीलाई प्रभावमा पारी बयान फेर्न लगाएर पछि अदालतबाट सफाई पाएका थिए ।सेवाग्राहीका रुपमा प्रहरी वृत्त चापागाउँ पुगेकी युवतीलाई सहयोगको बहानामा उनले यौन शोषण गरेको पीडितको भनाइ थियो । पदमै हुँदा पूर्वडिआइजी सौरभ राणालाई पनि बलात्कार मुद्दा परेको थियो ।उनको इटहरीकी एक महिलासँग हिमचिम थियो । विवाद भएपछि ती महिलाले बलात्कारको जाहेरी दिएकी थिइन् । घटना भएको भनिएको बेला एसएसपी राणा काठमाडौंमा भएको पुष्टि भएपछि मुद्दा नचलाउने निर्णय गरिएको थियो ।।नेपाल प्रहरीभित्र विगतमा अनेक यौनकाण्ड भएका थिए । तर, त्यतीबेला गोप्य रुपमा मिलापत्र हुन्थ्यो । हाकिमविरुद्ध उजुरी गर्न महिला प्रहरीहरू डराउथे । पछिल्लो समय भने उजुरी गर्ने प्रवृत्ति बढेको छ । प्रहरी नेतृत्व पनि यो विषयमा निर्मम बन्दै गएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles