Friday, January 17, 2025

मनकामना अस्पतालमा ३ महिने गर्भवतीको मृत्यु :-अस्पतालमा तनावचितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

ताजा / भरखरै प्राप्त

रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ ।

रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ ।
महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप छ ।मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ । अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।

Previous article
यी तीन नदीको जलसतह उल्लेख्य बढ्नेआज तीन प्रमुख नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली, कन्काई र मर्स्याङ्दी नदीको जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको छ।अन्य प्रमुख र सहायक नदीहरूमा पनि सामान्य जलसतह बढ्ने महाशाखाले जनाएको छ।आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ।आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिरहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रोल्पा, रूकुम पूर्व र पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।नदी र स-साना खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles