कुखुराको चल्लासहित दुई जना नियन्त्रणमासिरहा जिल्लाको सिरहा नगरपालिका ७ स्थित शिवचोकबाट साउन १७ गते सशस्त्रप्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराकोचल्ला र बलेरो पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।सोही जिल्लाको गोलबजार नगरपालिका १० धरमपुर बस्ने २० वर्षिय पवन सदाय र१८ वर्षिय लजे मुखियालाई सदरमुकाम सुरक्षा वेश सिरहाले नियन्त्रणमा लिएकोहो ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १६८४ नम्बरको बलेरो पिकअप गाडीमाराखी ल्याउँदै गरेको उल्लेखित मुल्यको ५ हजार वटा कुखुराको चल्ला सहितउनीहरुलाई नियन्त्रणमा लिईएको हो । उनीहरु उक्त गाडीको चालक तथा सहचालकरहेका छन् ।नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चल्ला तथा गाडीसहित आवश्यककारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।