गाँजासहित एक जना नियन्त्रणमारौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित पर्सवनी चोेकबाट साउन १५ गते सशस्त्र प्रहरीले करीव ३ के.जी.गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।मकवानपुर जिल्लाको बकैया गाँउपालिका ३ बस्ने ४५ वर्षिय कान्छामानतामाङ्गलाई नं. ११ गण रौतहटले जाँच गर्दा निजले बोकेको झोलामा उल्लेखितपरिमाणको गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिईएका उनलाइ बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।मोबाईलका कभर तथा एक्ससेरिज बरामदरुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका ४ बसन्तपुर बाईपास रोडबाट साउन१७ गते सशस्त्र प्रहरीले करीव ५ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको आईफोनमोबाईलका कभर तथा एक्ससेरिजहरु बरामद गरेको छ ।विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीलेसोही ठाउँमा रहेको एक स्थानीयको घरको सटरमा तीनवटा कार्टुनमा राखिएकोउल्लेखित सामान फेला पारेको हो ।बरामद सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।