होटलमा जुवातास खेलिरहेका १३ जना पक्राउ:-भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।