Sunday, June 29, 2025

सुन प्रकरण : विभागले अनुसन्धानको फाइल प्रहरीलाई बुझायो, अब थप अनुसन्धान सिआईबीले अघि बढाउने सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले संकलन गरेका सम्पूर्ण प्रमाण र तथ्यका फाइलहरु नेपाल प्रहरीलाई बुझाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणको विषयमा सम्पूर्ण प्रमाण र तथ्यहरु प्रहरीलाई बुझाएको बताएका हुन् ।आइतबार पत्रकार सम्मेलन गरेर नेपाल प्रहरीलाई बुझाएको फायलको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अघि बढाउने बताइएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक ढुंगानाले भने, ‘हालसम्म खुलेका प्रमाणले संगठितरुपमा गरिएको अन्तरदेशीय अपराध देखिन्छ । त्यही भएर बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको हो ।’साउन ३ गतेदेखि विभागले यस प्रकरणबारे अनुसन्धान अघि बढाउँदै आएको थियो । र, यस प्रकरणमा हालसम्म १८ जनालाई विभागले हिरासतमा राखेको छ भने एकजनालाई आवश्यक परेको बेला आउने शर्तमा छाडिएको छ ।यस प्रकरणमा पक्राउ पर्नेहरुमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles