Monday, February 17, 2025

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्थानीय तहले लगाएको करको विरोध गरेका छन् । जीतपुरसिमरा नगर उद्योग वाणिज्यसँगको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

मन्त्री रिजालले कवाडीको नाममा कच्चा पदार्थबाट समेत कर उठाउनु अनधिकृत रहेको बताएका छन् । स्थानीय तहले संकलन गरिरहेको कर अनधिकृत रहेको भन्दै मन्त्री रिजालले उक्त कार्य रोक्न आग्रह गरेका छन् । यस्तो कार्य नरोकिए संघीय सरकारले हस्तक्षेप गर्ने संकेत समेत मन्त्री रिजालले गरेका छन् ।

स्थानीय तहले आयकर र सम्पत्ति कर दुवै कर लिइरहेको भन्दै त्यस्तो गर्न नपाइने बताएका छन् । उनले त्यस किसिमका कर फिर्ता लिन समेत आग्रह गरेका छन् । स्थानीय तहले संकलन गरिरहेको करका विषयमा छलफल गरेर अघि बढ्ने बताए ।

मन्त्री रिजालले बारा र पर्साका उद्योगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विशेष आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, उद्योग वाणिज्यसँग वीरगन्जका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक वैध, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

संघले यस क्षेत्रबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायीलाई सल्लाहकारको रुपमा मनोनीत गरेको छ । संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरीले गरेका थिए ।

आपूर्ति मन्त्री
रमेश रिजाल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles