Tuesday, October 22, 2024

सशस्त्रमा विवादास्पद पृष्ठभूमि भएका एसपीहरू बढुवाको लबिङमा

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बलमा रिक्त १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवामा बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला राजनीतिक चलखेल सुरू भएको छ । सशस्त्र प्रहरीका एसपीहरू काम छाडेर गृहमन्त्रालयमा धाउन थालेका छन् । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राजनीतिक व्यक्तिलाई भेटघाट गरेमा वा गृहमन्त्रालय जाँदा असम्बन्धित मन्त्रालय गएको भेटिएमा कारबाही गर्ने चेतावनी दिए पनि पँहुचवाला राजनीतिक व्यक्तिको घर घरमा एसपीहरू पुगेका छन् ।बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला स्वतः उम्मेदवारहरूले बढुवा हुनका लागि राजनीतिक लबिङमा लागेका छन् । केही व्यक्तिको राजनीतिक लबिङका कारण बढुवा प्रक्रिया धकेलिएको छ । सशस्त्रमा १२ वरिष्ठ उपरीक्षकका लागि १९ प्रहरी उपरीक्षकले आवेदन दिएका छन ।सशस्त्र प्रहरी उपरीक्षकहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनिया, ध्रुव कार्की ,रमेश पाण्डे, तीर्थराज पौडेल,रविनराज करन्जीत,विरसिंह साहु, जनक पुरी,नेत्र कार्की, सूर्य सेन ओली, तेजप्रसाद पोख्रेल, यादव विक, विकाश घिमिरे, टोपबहादुर खनाल,नरेन्द्र बम,अशोक बम,जहरसिंह बोहोरा र बिरेन्द्र ऐरले बढुवाका लागि आवेदन दिएका छन ।यी बाहेक पछिल्लो टोलीका केहीले समेत आवदेन दिएपनि उनीहरूको बढुवा हुने सम्भावना न्यून रहेको छ । विगतमा आर्कषक स्थानमा बसेर चुस्त कमाएकाहरूलाई अप्ठेरो परेपछि उनीहरू गृहमन्त्रीका दाजु मानकाजी श्रेष्ठको शरणमा परेका छन् । त्यस्तै इन्टेलीजेन्स ब्यूरोमा रहेका विकास घिमिरे पनि शक्तिकेन्द्रको दौडमा छन् ।सशस्त्रका केही विवादास्पद पृष्ठभूमि भएका एसपीहरूले बढुवा पाउनका लागि राजनीतिक लबिङ गरेका कारण राम्रा उम्मेदवारहरू बढुवा पाउनबाट बञ्चित हुने अवस्था आएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कार्यक्षमताका आधारमा बढुवा गर्ने मनस्थितिमा रहेका छन् ।सूर्य सेन ओली प्रहरी नायव उपरीक्षक हुँदा जाउलाखेलमा ट्राफिक प्रहरीसँग झगडा गरेपछि थुनामा परेका थिए ।साभार

Previous article
Next article
सिन्धुपाल्चोकका दर्जनौँ बस्ती विपत्‌को उच्च जोखिममाकमला पाख्रिनसिन्धुपाल्चोक । सिन्धुपाल्चोक विपत्को उच्च जोखिममा रहेको जिल्ला हो । बाढी, पहिरो र चट्याङबाट यस जिल्लामा बर्सेनि जनधनको ठूलो क्षति हुन्छ । प्राकृतिक विपत्तिका बहुआयामिक जोखिमका कारण यहाँका स्थानीय सधैँ त्रासमा बाँच्न बाध्य छन् ।सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्ती दुईवटा साँघुरा पहाडको बीचमा बग्ने भोटेकोशी नदीको किनारमा छन् ।भोटेकाशी र ठाडो खेलामा आउने बाढी एवं पहिरोका कारण अधिकांश बस्ती जोखिममा छन् । यहाँ बाढी, पहिरोको मात्रै समस्या छैन, भिरबाट खस्ने ठूल्ठूला ढुंगाको जोमिख त जहिल्यै भइराख्छ । त्यसैले बाह्रबिसेदेखि लिपिङसम्मका दर्जनौँ बस्तीका बासिन्दाको त्रास कहिल्यै हट्दैन । ‘पाक्नै लागेको धान बगिहाल्यो । घर पनि बग्यो । अरूको घरमा बास बस्ने गरेका छौँ’, हेलम्बू-४ सिन्धुपाल्चोककी बिबीलक्ष्मी तामाङले सुनाइन् ।यस्तै दुःख पोखिन् स्थानीय लक्ष्मी थापाले, ‘खोलाको डर हुन्छ । राति बाढी आउँदाखेरि बच्चाहरू लिएर भाग्नु पर्ने हुन्छ’, लक्ष्मीले सुनाइन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles