Tuesday, October 22, 2024

सिन्धुपाल्चोकका दर्जनौँ बस्ती विपत्‌को उच्च जोखिममाकमला पाख्रिनसिन्धुपाल्चोक । सिन्धुपाल्चोक विपत्को उच्च जोखिममा रहेको जिल्ला हो । बाढी, पहिरो र चट्याङबाट यस जिल्लामा बर्सेनि जनधनको ठूलो क्षति हुन्छ । प्राकृतिक विपत्तिका बहुआयामिक जोखिमका कारण यहाँका स्थानीय सधैँ त्रासमा बाँच्न बाध्य छन् ।सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्ती दुईवटा साँघुरा पहाडको बीचमा बग्ने भोटेकोशी नदीको किनारमा छन् ।भोटेकाशी र ठाडो खेलामा आउने बाढी एवं पहिरोका कारण अधिकांश बस्ती जोखिममा छन् । यहाँ बाढी, पहिरोको मात्रै समस्या छैन, भिरबाट खस्ने ठूल्ठूला ढुंगाको जोमिख त जहिल्यै भइराख्छ । त्यसैले बाह्रबिसेदेखि लिपिङसम्मका दर्जनौँ बस्तीका बासिन्दाको त्रास कहिल्यै हट्दैन । ‘पाक्नै लागेको धान बगिहाल्यो । घर पनि बग्यो । अरूको घरमा बास बस्ने गरेका छौँ’, हेलम्बू-४ सिन्धुपाल्चोककी बिबीलक्ष्मी तामाङले सुनाइन् ।यस्तै दुःख पोखिन् स्थानीय लक्ष्मी थापाले, ‘खोलाको डर हुन्छ । राति बाढी आउँदाखेरि बच्चाहरू लिएर भाग्नु पर्ने हुन्छ’, लक्ष्मीले सुनाइन् ।

ताजा / भरखरै प्राप्त

यता मेलम्ची, हेलम्बू क्षेत्रमा वर्षात् हुने बित्तिकै बाढीको जोखिम त हुन्छ नै, हिउँदमा पनि सुख्खा पहिरोले उत्तिकै सताउँछ । पानी पर्ने बित्तिकै मेलम्ची खोलामा आउने बाढीले पिरोल्छ । दुई वर्षअघि एकैदिन घरबारविहीन बनेका मेलम्ची खोला आसपासका स्थानीयको बसाई त्रासपूर्ण छ ।
विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको सिन्धुपाल्चोकमा स्थानीयलाई विपद्को पूर्वसूचना दिन जिल्ला विपत व्यवस्थापन समितिले तरामाराङ, मेलम्ची, बाहुनेपाटी र भोटेकोशीको झिर्पुमा साइरन राखेको छ । त्यस्तै भोटेकोशी गाउँपालिकाले वर्षा मापन केन्द्र सूचना प्रणाली पनि राखेको छ । तर अविरल वर्षाका कारण भोटेकोशी, मेलम्ची र ठाडोखोलाको बहाव बढ्न थालेपछि स्थानीयहरू त्रासमा दिन कटाइरहेका छन् । उनीहरूको पीडामा सरकार संवदनशील हुन नसक्दा बर्सेनि विपद्को सामना गर्न बाध्य छन् ।साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles