Saturday, June 28, 2025

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डस्थित नाग मन्दिरनजिकै गुडिरहेको जीपमाथि ढुंगा खस्दा चालक ३ जना घाइते भएका छन् ।

ताजा / भरखरै प्राप्त

आज बिहान बुटवलबाट पाल्पातर्फ जादै गरेको लु २ च २८४९ नम्बरको जीपमा साढे ६ बजेतिर जीपमाथि ढुंगा खसेको थियो । त्यसक्रममा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा जीप चालक पूर्वी नवलपरासीकोा नवलपुर त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक विवेक कार्की, रुपन्देहीको सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका-१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीले जनाएको छ । ढुंगा लागेर जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।

घाइते सबैलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर पाल्पाको अर्गलीतर्फ गइरहेको थियो ।
ढुंगा खसेर अवरुद्ध भएको राजगर्मा सुचारु भइसकेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश

Previous article
सिन्धुपाल्चोकका दर्जनौँ बस्ती विपत्‌को उच्च जोखिममाकमला पाख्रिनसिन्धुपाल्चोक । सिन्धुपाल्चोक विपत्को उच्च जोखिममा रहेको जिल्ला हो । बाढी, पहिरो र चट्याङबाट यस जिल्लामा बर्सेनि जनधनको ठूलो क्षति हुन्छ । प्राकृतिक विपत्तिका बहुआयामिक जोखिमका कारण यहाँका स्थानीय सधैँ त्रासमा बाँच्न बाध्य छन् ।सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्ती दुईवटा साँघुरा पहाडको बीचमा बग्ने भोटेकोशी नदीको किनारमा छन् ।भोटेकाशी र ठाडो खेलामा आउने बाढी एवं पहिरोका कारण अधिकांश बस्ती जोखिममा छन् । यहाँ बाढी, पहिरोको मात्रै समस्या छैन, भिरबाट खस्ने ठूल्ठूला ढुंगाको जोमिख त जहिल्यै भइराख्छ । त्यसैले बाह्रबिसेदेखि लिपिङसम्मका दर्जनौँ बस्तीका बासिन्दाको त्रास कहिल्यै हट्दैन । ‘पाक्नै लागेको धान बगिहाल्यो । घर पनि बग्यो । अरूको घरमा बास बस्ने गरेका छौँ’, हेलम्बू-४ सिन्धुपाल्चोककी बिबीलक्ष्मी तामाङले सुनाइन् ।यस्तै दुःख पोखिन् स्थानीय लक्ष्मी थापाले, ‘खोलाको डर हुन्छ । राति बाढी आउँदाखेरि बच्चाहरू लिएर भाग्नु पर्ने हुन्छ’, लक्ष्मीले सुनाइन् ।
Next article
रकम लुटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलानसुर्खेत, रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ।आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ।उक्त मुद्दामा पक्राउ परेका अरु दुई जनालाई भने २/२ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए।उनका अनुसार सन्तोष थापा र यामराज शाही धरौटीमा छुटेका हुन्।उपभोक्ता समितिबाट रकम लुटेको आरोपमा वीरेन्द्रनगर–३ का वडाध्यक्ष विष्ट र उनलाई सहयोग गरेको आरोपमा अरू चार जना पक्राउ परेका थिए।उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो।स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।असार २४ गते प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो।वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ रकम लुटेर लिएको आरोप उनीमाथि छ।वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भनेर चर्चामा आएका थिए।घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन समेत गरिसकेको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles