Saturday, June 13, 2026

छोराले गरे आमाको हत्यादाङ । सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
नेपाल देशैभरि भारी वर्षा : काठमाडौँसहित विभिन्न जिल्लामा डुबान, कतै पहिरोको कहरकाठमाडौँ उपत्यकासहित देशैभर भारी वर्षा भएको छ । अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा पहिरो खसेको र काठमाडौँ लगायत विभिन्न जिल्लामा डुबान समेत भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौं उपत्यकासहित बर्दिया, पर्सा ,बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भारी वर्षा भएको छ । वर्षासँगै काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ ।काठमाडौँका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ । विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ । सामाखुसी क्षेत्र डुबानमा परेको छ । घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । धोवीखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।त्यस्तै बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । कैलालीको पूर्व क्षेत्रमा पर्ने भजनी र कैलारी गाउँपालिका बढी प्रभावित भएको कैलाली प्रहरीले जनाएको छ । भजनी नगरपालिकाको वडा नम्बर २, ३ र ६ का बस्तीहरुमा कान्द्रा नदीको पानी पस्दा दर्जन बढी घरहरु डुबानमा परेका छन । त्यस्तै बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।त्यसैगरी कमला नदी, सिन्धुली रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।उता मकवानपुर लगायत विभिन्न जिल्लामा पहिरोले घर पुरेको छ भने राजमार्गहरु अवरुद्ध भएका छन् । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रेनीमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । हेटौँडालाई काठमाडौँ जोड्ने दुई छोटा राजमार्ग कान्तिलोकपथ र मदन भण्डारीमार्ग पहिरोकै अवरुद्ध भएका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles