Saturday, June 13, 2026

सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक – प्रहरी महानिरीक्षक कुँवर

ताजा / भरखरै प्राप्त

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित Traffic Awareness Video Screening and Stakeholders Interaction on Road Safety Policing विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले विश्व स्वास्थ्य संगठन र UNDP का प्रतिनिधिहरूसँग सडक सुरक्षाका लागि एक अर्काको विशेषज्ञता र स्रोतहरू आदान प्रदान गरिने चर्चा गर्दै प्रत्येक नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायहरूको प्रयास एकताबद्ध गरी सडक सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौति रहेको उल्लेख गर्दै ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियो मार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने चर्चा गर्दै सडक सुरक्षासँग सम्बन्धित विविध विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अन्तरक्रिया सम्बन्धि संक्षिप्त जानकारी दिनु भएको उक्त कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको पहल तथा विश्व स्वास्थ्य संगठनद्वारा निर्मित ट्राफिक सम्बन्धि जनचेतनामूलक दुई भिडियो प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।साभार।

Previous article
जमुनाहा नाकामा गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली ????????????राँझा, सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ। नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ। सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले १० बज्नुअगावै सीमानाका पुग्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा परेर नेपालीले ज्यान गुमाउने गरेका छन्।शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको ।शव लिन घटनास्थल भारतको श्रावस्ती पुगेर फर्केका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले राति १० बजेनै जमुनाहा नाकामा पुग्न तीव्र गतिमा गाडी चलाउँदा सडकमा गाईसँग ठोक्किएर दुर्घटना भएको पाइएको बताए।उनका अनुसार सीमा बन्द भएपछि रुपैडियामा बस्नुपर्छ भनेर गाडी तीव्र गतिमा आउँदै थियो। १० बजे सीमानाका बन्द हुनुअघिनै जमुनाहा पुग्छौँ भनेर परिवारलाई खबर गरेका थिएँ तर, सडकमा गाईसँग ठक्कर खाएपछि दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका छ जनाको दुःखद् निधन हुन पुग्यो।भारतका विभिन्न सहरबाट नेपालगञ्ज आउने राति १० बजेअघि नै जमुनाहा पुग्ने दबाबमा तीव्र गतिमा गाडी चलाउने गरेको वैश्यले बताए। भारतका विभिन्न सहरबाट रुपैडिया आउने गाडीले राति ल्याएर छोड्दै धेरै जना नेपाली सीमामा लुटिने गरेका छन्।श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँएर भएको गाडी दुर्घटनामा परी नेपालगञ्ज–११ सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको निधन भएको थियो।शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहनुभएकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो। एकै परिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन्। दुर्घटनामा ज्यान गुमाएका छ जनाको शव नेपालगञ्ज ल्याएर आइतबारनै दाहसंस्कार गरिएको छ। आइतबार साँझ नेपालगञ्जको समसानघाटमा दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।दाहसंस्कारमा हजारौँ नगरवासी सहभागी भएका थिए । घटनाको जानकारी पाएसँगै शनिबार रातिदेखिनै सदरलाइन त्रिभुवनचोक क्षेत्रमा स्थानीय सर्वसाधारणको भीड लागेको थियो।रासस
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles