Saturday, April 19, 2025

सडक डुबानमा परेपछि बनेपा अस्तव्यस्तउपत्यका भित्रिने सवारी साधन पुलबजारमै अलपत्रगए रातिदेखि आएको भारी वर्षाका कारण बनेपा दुबानमा परेको छ। प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको हो।सोमबार रातिदेखिको अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको प्रहरीले बताएको छ। पुलबजारका सडक र घरहरुका सटर डुबेको प्रहरीले जनाएको छ।सडक डुबानमा परेकाले अरनिको राजमार्गमा यातायात सञ्‍चालनसमेत हुन नसकेको बताइएको छ।यो राजमार्ग हुँदै काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने धेरै सवारीसाधनहरु बाटोमा अलपत्र परेका छन्।

ताजा / भरखरै प्राप्त

Previous article
नयाँ मापदण्ड स्वीकृत भएलगत्तै प्रहरीभित्रको धमाधम सरुवा गर्नेनेपाल प्रहरीभित्रको सरुवामा फेरि नीतिगत चलखेल सुरु भएको छ । सरुवासम्बन्धि मापदण्ड नै हेरफेर गरी ठूलो संख्यामा सरुवा गर्न लागिएको छ ।गत पुसमा रवि लामिछाने गृहमन्त्री हुँदा सरुवामा नयाँ मापदण्ड बनेको थियो । जसमा एक पटक ‘क’ श्रेणीको कार्यालयमा इन्चार्ज भएर बसेको व्यक्ति दोस्रो पटक सोही श्रेणीको कार्यालयमा इन्चार्जमा जान नपाउने उल्लेख थियो । जसअनुसार एउटा तराईको जिल्लामा बसेको एसपी दोस्रो पटक जान पाउँदैन थियो । तर, यो प्रावधान हेरफेर गर्न लागिएको छ । साथै, कार्यालयको श्रेणी पनि संशोधन गर्न लागिएको स्रोत बताउँछ ।केही पहुँचवाला प्रहरी अधिकारीलाई फाइदा हुने गरी यसरी मापदण्ड संशोधन हुन लागेको हो । ६÷६ महिनामै यसरी सरुवा मापदण्ड फेरिनुले प्रहरीमा नीतिगत चलखेलको अवस्था प्रष्ट हुन्छ ।प्रहरीमा दर्जनौं जिल्लाका इन्चार्ज हेरफेरको तयारी भइरहेको छ । उपत्यकाका महत्वपूर्ण वृत्त तथा इप्रकाका डिएसपीहरु फेरिदैछन् । इन्सपेक्टरको सरुवामा त ठूलो विवाद छ । यसअघि नियमविपरीत काजमा खटिएकालाई हटाउन सकिएको छैन । तल्लो तहको सरुवा पनि हुन सकेको छैन । नयाँ मापदण्ड स्वीकृत भएलगत्तै धमाधम सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।बसन्तबहादुर कुँवर आइजिपीमा नियुक्ति भएपछि उनले ठूलो संख्यामा सरुवा गरेका छैनन् । त्यसकारण अब हुने सरुवा उनको लागि पनि परीक्षाको विषय छ । यसअघि नीतिगत चलखेलकै आधारमा लेखापालको कार्यकाल ८ वर्षबाट ६ वर्षमा झारेर सरुवा गरिएको थियो ।
Next article
नेपाल देशैभरि भारी वर्षा : काठमाडौँसहित विभिन्न जिल्लामा डुबान, कतै पहिरोको कहरकाठमाडौँ उपत्यकासहित देशैभर भारी वर्षा भएको छ । अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा पहिरो खसेको र काठमाडौँ लगायत विभिन्न जिल्लामा डुबान समेत भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौं उपत्यकासहित बर्दिया, पर्सा ,बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भारी वर्षा भएको छ । वर्षासँगै काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ ।काठमाडौँका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ । विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ । सामाखुसी क्षेत्र डुबानमा परेको छ । घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । धोवीखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।त्यस्तै बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । कैलालीको पूर्व क्षेत्रमा पर्ने भजनी र कैलारी गाउँपालिका बढी प्रभावित भएको कैलाली प्रहरीले जनाएको छ । भजनी नगरपालिकाको वडा नम्बर २, ३ र ६ का बस्तीहरुमा कान्द्रा नदीको पानी पस्दा दर्जन बढी घरहरु डुबानमा परेका छन । त्यस्तै बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।त्यसैगरी कमला नदी, सिन्धुली रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।उता मकवानपुर लगायत विभिन्न जिल्लामा पहिरोले घर पुरेको छ भने राजमार्गहरु अवरुद्ध भएका छन् । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रेनीमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । हेटौँडालाई काठमाडौँ जोड्ने दुई छोटा राजमार्ग कान्तिलोकपथ र मदन भण्डारीमार्ग पहिरोकै अवरुद्ध भएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles