Saturday, June 13, 2026

सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक – प्रहरी महानिरीक्षक कुँवर

ताजा / भरखरै प्राप्त

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित Traffic Awareness Video Screening and Stakeholders Interaction on Road Safety Policing विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले विश्व स्वास्थ्य संगठन र UNDP का प्रतिनिधिहरूसँग सडक सुरक्षाका लागि एक अर्काको विशेषज्ञता र स्रोतहरू आदान प्रदान गरिने चर्चा गर्दै प्रत्येक नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायहरूको प्रयास एकताबद्ध गरी सडक सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौति रहेको उल्लेख गर्दै ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियो मार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने चर्चा गर्दै सडक सुरक्षासँग सम्बन्धित विविध विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अन्तरक्रिया सम्बन्धि संक्षिप्त जानकारी दिनु भएको उक्त कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको पहल तथा विश्व स्वास्थ्य संगठनद्वारा निर्मित ट्राफिक सम्बन्धि जनचेतनामूलक दुई भिडियो प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।साभार।

Previous article
Next article
१५७ किलो गाँजासहित ७ जना पक्राउ:-बारा । बारा प्रहरीले १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं २२ स्थित अमलेखगञ्जको जंगलबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्दिन खान, १८ वर्षीय देव कुमार, ३५ वर्षीय जागिरद्दिन मियाँ, भारत बहराईचका २६ वर्षीय अहमद भाट छन् ।उनीहरुको साथबाट बा११च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।प्रहरी उपरीक्षक बोगटीका अनुसार नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्काे पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौंडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताए । नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाइकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगलभित्रैबाट पक्राउ गरेको हो ।घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक बोगटीले गाँजा ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध मुद्दामा कारबाही गरिने उनले जानकारी दिए ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles