उद्योग भवनको भुईँ तलामा रहेको एउटा गोदाममा राति १ बजेतिर आगलागी भएको र यसमा रहेको यूपीएस, ब्याट्री, एसी, इन्भर्टर, केबल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उद्योगी सुयश प्याकुरेल संचालक रहेको उक्त उद्योगमा के कति कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । राति नै दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
बीमा रकम दाबीका लागि सुनियोजित रुपमा उद्योग, गोदाममा आगलागी घटना बढेपछि यसतर्फ पनि अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।
काेशी प्रदेश
