Tuesday, September 16, 2025

बाढीमा फसेका दर्जनौँ सर्वसाधारणको सुरक्षाकर्मीद्वारा उद्धाररौतहट । रौतहटका विभिन्न स्थानहरुमा अलपत्र परेकाहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार जिल्लाको बागमती, लालबकैया नदी लगायत अन्य ठाँउमा अलपत्र फसेका मानिसहरुलाई स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षित साथ उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।जिल्लाको रौतहट राजपुर नगरपालिका फतुवा गाउँमा लालबकैया नदीको पानी ओभर फ्लो भई खेतमा करिब १० फिट जमेको कारण खेतमा अलपत्र परेका ५ जना स्थानीयको इलाका प्रहरी कार्यालय राजपुरको प्रहरी टोलीले डुङ्गाबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता उमाशंकर प्रसाद यादवले बताए ।भैंसी चराउन खेतमा गएका उनीहरु खेतमा पानी जमेपछि ज्यान जोगाउन रुखमा चढेर बसिरहेका थिए ।यता जिल्लाकै मौलापुर नगरपालिका – १ मर्यादपुर स्थित अचानक लालबकैया नदीमा पानीको बहाव बढी खेतमा पसेपछि अलपत्र परेका देवाहीगोनाही देवाही गोनाही नगरपालिका वडा नम्बर २ का १७ वर्षिय कर्ण यादवलाई स्थानीयको सहयोगमा मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी टोलीले सकुशल उद्धार गरेको थियो ।खेतमा घाँस, तरकारी लिन गएका यादव खेतमा नदीको पानी पसेपछि खेतमा रहेको सिसौंको रुपमा चढेर उद्धारको पर्खाइमा बसिरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ बुनियाँद गाउँमा पानीमा डुब्दै गरेको अवस्थामा ६५ वर्षिय लालबहादुर चौधरीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको प्रहरी टोलीले तत्काल सकुशल उद्दार गरेको प्रहरीले जनाएको छ ।जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ पोखरिया टोल स्थित लालबकैया खोलाको बिचमा रहेको खेतमा खोलाको बबाह बढ्न गई फसेका ३ जनालाई स्थानीयको सहयोगमा अस्थायी प्रहरी चौकी लौकाहाको प्रहरी टोलीले उद्दार गरेको थियो ।यसैगरी दुर्गाभगवती गाउँपालिका – ५ बडहर्वा टोलमा बागमती खोलाको वाहव बढन गई करिब २५ घरधुरीमा लगभग ३ फिट पानी पसेपछि अलपत्र परेका करिब ७० जनाको पनि प्रहरी चौकी बडहर्वाको प्रहरी टोलीले उद्दार गरी सोही स्थानको बागमती बाँधमा स्थानान्तर गरी राखेको छ ।राजदेवी नगरपालिका – १ मा रहेको पथरा खोलामा झाँझ खोलाबाट ओभर फलो भएको पानीमा पौडी खेल्ने क्रममा डुबेर सिसौंको हाङ्गा समातेर बसिरहेको अवस्थामा मोतिपुर टोल बस्ने १४ वर्षीय सोहन चौधरीले स्थानियको सहयोगमा प्रहरी चौकी बडर्हवाको प्रहरी उद्धार गरेको प्रवक्ता यादवले बताए ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles