Tuesday, September 16, 2025

चार करोड बढीको चोरीपैठारीका सामान बरामदसिरहा । सशस्त्र प्रहरी बल नेपालको नम्बर ७, हेडक्वार्टर सिरहाले पछिल्लो एक वर्षमा साढे चार करोड रुपैयाँ बढीको चोरीपैठारीका सामान बरामद गरेको छ । गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले ४ करोड ५५ लाख २८ हजार ३३६ रुपैयाँ बराबरको सामान पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक भएको छ ।

ताजा / भरखरै प्राप्त

सशस्त्रले सबैभन्दा बढी अवैध कपडा पक्राउ गरेको जनाएको छ । जसअनुसार गत आर्थिक वर्षमा एक करोड ५९ लाख १० हजार ९६४ रुपैयाँको अवैध कपडा पक्राउ गरिएको हो ।त्यस्तै ८९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको थियो भने ८९ लाख ६९ हजार ५ सय ६७ रुपैयाँ बराबरको खाद्यान्न पक्रेको जनाइएको छ ।

गणले उपलब्ध गराएको विवरणमा ४८ लाख १५ हजार आठ सय रुपैयाँ बराबरको पशुचौपाया, ३६ लाख ९६ हजार ९९९ रुपैयाँ बराबरको हार्डवेयर सामाग्री, १६ लाख १२ हजार नौ सय रुपैयाँ बराबरको मदिरा, तीन लाख ७१ हजार ७९ रुपैयाँ बराबरको औषधि र १३ हजार ६६० रुपैयाँ बराबरको काठ बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको उल्लेख छ ।

त्यस्तै सोही अवधिमा सिरहाका विभिन्न नाकाबाट सशस्त्रले स्रोत नखुलेको चार लाख ४१ हजार ७६० रुपैयाँ नगद पनि बरामद गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ मा सिरहामा तीन करोड ८६ लाख रुपैयाँ बराबरको अवैध सामाग्री पक्राउ गरेकोमा आर्थिक गत वर्ष झण्डै एक करोड बढी चार करोड ५५ लाख २८ हजार पाँच सय रुपैयाँको त्यस्ता सामाग्री नियन्त्रणमा लिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles