झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्युझापा । झापाको कनकाई नगरपालिकामा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा कनकाई १ स्थित सृजना टोल निवासी विजय भुजेलको ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीकी ३ वर्षीय छोरा कुमार जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।प्रहरीका डीएसपी रिजालका अनुसार बिहीबार बेलुका करिब ५ बजेको समयमा भुजेलको घर देखि पूर्वमा रहेको बाघे खोलामा उनीहरू पौडी खेल्न गएका थिए । दुई जनामध्ये बालिकाको निशाको घटनास्थलमै र बालक कुमारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको उनले जानकारी दिए ।खोलामा बालबालिका डुबेर देखेर गाउँमा थ्रोत्रा सामाग्री सङ्कलन गर्न हिडनेहरुले स्थानीयलाई खबर गरेका थिए । त्यसपछि छरछिमेकसहित इलाका प्रहरी कार्यालय सुरुङगाको टोली घटनास्थलमा पुगेका थिए ।एकै गाउँका दुई बालबालिकाको मृत्युले कनकाई १ स्थित सृजना टोलवासी शोकमा डुबेको छ । बालबालिकाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
Previous articleसात घर आगजनी प्रकरण : प्रहरीद्वारा आरोपित सार्वजनिक, आफू गरिब भएकाले अरुको घर जलाएको वयानजुम्ला । जुम्लामा सात वटा घरसहित सवारीका साधनसमेत आगजनी गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ पर्नेमा गुठिचौर ४ उखाडि घर भई चन्दननाथ नगरपालिका – २ भण्डारीवाडा घरज्वाई वस्ने बर्ष ३० का रत्नबहादुर अधिकारी रहेका छन् ।पक्राउ परेका उनलाई आज जुम्ला प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनले गत साउन ५ र ६ गते विभिन्न स्थानका सात घर, ट्रयाक्टर र अटो रिक्सा समेत जलाएर फरार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।प्रहरीले अधिकारीलाई गत साउन ६ गते नै पक्राउ गरेपनि विभिन्न अनुसन्धान र वयानपछि बिहीबार मात्रै सार्वजनिक गरेको हो ।‘२०८० साउन ५ र ६ गते विहानसम्म सात वटा घर जलाइएको घटनामा रत्नबहादुर अधिकारीको संलग्नता रहेको पुष्टि भएको छ । त्यसका साथै सोही समयमा ट्रयाक्टर, अटो समेत उनले नै जलाएको खुलेको छ,’ प्रहरी उपरीक्षक कार्कीले भने ।उनका अनुसार अधिकारीले गरेको आगजनीबाट चन्दननाथ नगरपालिका – १ स्थित डुडाखोचका रतनबहादुर बुढाको ढुंगा माटोले वनेको २ तले कच्ची घर, जुम्ला गुठीचौर गाउँपालिका ४ विगारेका भिम प्रसाद जैसीको ढुंगा माटोले वनेको ३ तले कच्ची घर जलेका छन् ।त्यस्तैगरी साउन ६ गते १ बजेतिर अधिकारीले गुठिचौर गाउँपालिका ४ खल्लावाडाका लालचन्द्र सार्कीको ढुंगा माटोले वनेको २ तले कच्ची घरमा पनि आगजनी गरेर हिँडेका थिए ।त्यस्तै उनैको संलग्नतामा भएको आगलागीमा गुठिचौर गाउँपालिका वडा नम्बर ४ डाडावाँडा (क) बस्ने ५९ बर्षको कबिदत्त न्यौपानेको ढुंगा माटो जस्ताले बनेको ४ तले घरको भुईँतलामा आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, तन्ना, बार्दली र वारदलीमा क्षति भएको थियो ।त्यस्तैगरी गुठिचौर गाउँपालिका वडानम्बर ४ डाडावाँडा (ख) कविदत्त न्यौपानेको ढुगा माटो जस्ताले बनेको घर, गुठिचौर गाउँपालिका वडा नम्बर ४ कै धवलपुरस्थित खडानन्द पाण्डेको जस्ताले वनेको ३ तले घर, सोही ठाउँका प्रेम प्रसाद न्यौपानेको घर पनि अधिकारीले नै जलाएको प्रहरीको अनुसन्धानले देखाएको हो ।प्रहरीको अनुसन्धान अनुसार अधिकारीले २०८० साउन ६ गते विहान अन्दाजी ३ बजे नै विभिन्न घरमा आगजनी गर्दै गुठिचौर गाउँपालिकाको कार्यालय तर्फ जाने मुल सडक प्रयोग गरी गाउँपालिका नजिकैको फलामे पुल तरेर वडा नम्बर ५ प्रवेश गरेका थिए ।त्यसपछि उनले झारज्वाला देखि जुम्ला बजारतर्फ आउने मुलसडकबाट धिता गाउँ नजिकै सडक स्तर उन्नतिका पार्किङ गरि राखिएको लु ५ त १२४४ नम्बरको ट्रयाक्टर आगजनी गर्न पनि भ्याएका थिए ।त्यसैगरी अधिकारीलेनै २०८० साल असार २७ गते गुठीचौर निवासी कृष्णबहादुर अधिकारीको पार्किङ गरि राखिएको अटो रिक्सा अन्दाजी राति ३ बजे जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।अधिकारीले साउन २ गते चन्दननाथ नगरपालिका १ बस्ने बर्ष ५२ को साउनेखर कामीको गुठिचौर गाउँपालिका ५ मा रहेको गाईभैसी बाँध्ने कच्ची गोठ समेत जलाएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।श्रृङखलावद्ध रुपमा घटना घटाउने रत्नप्रसाद अधिकारीलाई प्रहरीले गत साउन ६ गते पक्राउ गरेको थियो । र, सोधपुछ गर्दा घटनाहरु आफूले नै घटाएको बताएका छन् ।उनले आफू गरिब भएको र ऋण तथा उधारो माग्दासमेत नदिएकोले विभिन्न घरमा आगजनी गर्दै हिँडेको प्रहरी समक्ष वयान दिएको प्रहरीले बताएको छ ।‘साउन ६ गते अन्दाजी २२–५५ मा चन्दननाथ नगरपालिका वडा नम्बर १ रानामा मुखमा कालो माक्स, ४ फिट लामो लाठी वोकेको व्यक्तिले स्थानीय सर्वसाधारणको घरमा गई ढोका ढकढक्याई को छ घरमा ? बास पाईन्छ कि नाई भनि सोध्ने गरेको खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाईनै अपशब्द वोलेर प्रहार गर्न खोजेको हुदा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानको क्रममा ति घटनाहरु घटाउने सवै आफु हुँ भनि रत्नबहादुर अधिकारी खुलेको जानकारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।रत्नबहादुर अधिकारी विरुद्ध जुम्ला गुठिचौर ४ निवासी कृष्णबहादुर अधिकारीले अटो रिक्सा धनी कृष्णबहादुर अधिकारीले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार रत्नप्रसाद अधिकारी नेपाली सेनामा भर्ति भइ जागिर छाडेका व्यक्ति हुन् । दानबहादुर बुढा।साभार।