Sunday, April 20, 2025

५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ

ताजा / भरखरै प्राप्त

काठमाडाैँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।बिहीवार लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप हजार दरका १७ लाख दुई हजार नक्कली रुपैँया बरामद गरिएको थियो ।एसएसपी कार्कीले भने, ‘उनीहरुबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।’
सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली संलग्न रहेकाे जनाइएकाे छ ।पक्राउ परेका उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने भइरहेकाे प्रहरीले जनाएको छ ।

Previous article
चोरीमा उजुरी नपरे अभद्र व्यवहारमा मुद्दाधनुषा । धनुषामा चोरीका घटनाहरुमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८÷०७९ मा २५१ र आर्थिक वर्ष २०७७÷०७८ मा २४० वटा चोरीका घटनाहरु भएका थिए । बेरोजगारी तथा लागुऔषध दुर्व्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ । पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ ।चोरीका घटनाहरुमा अधिकांश युवाहरु सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरु चोरीमा संलग्न रहेको पाइएको हो । अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरुको सन्तान र लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवाहरु आफ्नो दुर्व्यसनको ईच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो ।चोरीका घटनाहरुमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तिब्र बनाएको छ । चोरीका घटनाहरुलाई निर्मुल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले बताउनुभयो ।मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी लगायतका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँले चोरीका घटनाहरु बढी देखिएपनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७८÷०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७÷०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको बताउनु भयो
Next article
सशस्त्र प्रहरीमा धेरै पदहरू समायोजनसरकारले सशस्त्र प्रहरी बलले तयार पारेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेसँगै दरबन्दी बढेको छ । दरबन्दी बढेसँगै धेरै पदहरू समायोजन भएका छन् ।मन्त्रीपरिषद्ले साउनको पहिलो साता गरेको निर्णय अनुसार सशस्त्रमा ९८ दरबन्दी थप भएका हुन् । दरबन्दी बढेपछि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म बढुवाको सूचीमा परेका छन् ।सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार साधारण समूहतर्फ एक सय ७५ दरबन्दीको समायोजन भएको छ । जसमा एसएसपीको ११ वटा नयाँ दरबन्दी थप गरिएको छ । त्यसै गरी एसपीको ४१ डीएसपीको २८, इन्स्पेक्टरको ४७ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक वरिष्ठ सईको ५८ वटा दरबन्दी सृजना गरिएको जानकारी एसएसपी खड्काले दिए ।यस प्रक्रियासँगै सिसं २ मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको टोली अहिले उपरीक्षक छन् । उनीहरू नै एसएसपीमा बढुवा हुन योग्य मानिन्छन् । २०६० मा भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको ठुलो टोली डिएसपी छन् । दरबन्दी बढेसँगै उनीहरू नै एसपी पदका लागि योग्य मानिन्छन् । २०६४ सालमा भर्ना भएको सिसं ७ का ईन्पेक्टरहरु डिएसपीमा बढुवा हुन योग्य मानिन्छन् । यसैगरी जुनियर अधिकृत, बिल्लादार र जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा तल्लो दर्जासमेत यसबाट लाभान्वित हुने जानकारी एसएसपी खड्काले दिए ।सशस्त्रमा लामो समयपछि ठुलो सङ्ख्यामा एकै पटक बढुवा हुन लागेको यो पहिलो पटक हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएका थिए । पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार सशस्त्र प्रहरी कर्मचारी बढुवा भइसकेका छन् । त्यसै गरी ३ हजार १ सयभन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । यो वर्ष नयाँ थप तथा समायोजन भएको दरबन्दीको कारण साढे ६ हजार भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू बढुवा भई लाभान्वित हुनेछन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles