Sunday, April 20, 2025

२६ साउन, काठमाडौं । २०६३ चैत ७ मा रौतहटको गौरमा भएको हत्याकाण्डमा तत्कालीन नेकपा (माओवादी) र कार्यक्रम आयोजना गर्ने पार्टीनिकट मधेश मुक्ति मोर्चाका महासचिव प्रभु साह जिम्मेवार रहेको जसपाले आरोप लगाएको छ ।

ताजा / भरखरै प्राप्त

जसपाका प्रवक्ता मनिष सुमनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् । महासचिव सुमनले गौर हत्याकाण्ड माओवादीका कारण भएको र त्यसमा जसपाका अध्यक्ष उपेन्द्र यादवको कुनै संलग्न नभएको स्पष्ट पारे ।

उनले हत्याकाण्डबारे पार्टीको १४ बुँदामा जारी विज्ञप्तिमार्फत धारणा प्रष्ट पारेका छन् । उनले २०६४ चैत २८ गतेका लागि पहिलो संविधानसभाको घोषणा भइसकेको अवस्थामा घटनाको १२ दिन पहिल्यै स्थानीय प्रशासनबाट अनुमति लिएर कार्यक्रम आयोजना गरिरहेको बेला तत्कालीन माओवादीकाे मधेश मुक्ति मोर्चाले २ दिन अघिमात्र उक्त स्थानमा सभा गर्ने निर्णय गरेर मुठभेडकाे अवस्था सिर्जना गरेको बताएका छन् ।

उनले जसपाले कार्यक्रम सुरु गरेपछि माओवादीका कार्यकर्ता हतियारसहित कार्यक्रमनजिक आएर बम विष्फोट गराएको र जसपाका कार्यकर्ता भागाभाग भएको, त्यसपछि सहभागी समुदाय र माओवादी कार्यकर्ताबीच टाढाको स्थानमा झडप भएर २७ जनाको ज्यान जाने गरी दुःखद् भएको बताए ।

त्यस घटनामा प्रभु साह जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । हत्याकाण्डलाई लिएर सरकारले यही साउन २३ गते पीडित पक्षका संघर्ष समितिसँग गरेको सम्झौता अमान्य रहेको उनले बताए । उनले सम्झौताको पहिलो बुँदाप्रति आपत्ति जनाए । हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उच्च स्तरीय समिति गठन गर्न माग गरे ।

पत्रकार सम्मेलनमा नेता राजकिशोर यादवले सरकार जसपाका नेताहरुलाई फसाउन किसिमबाट पीडितहरुसँग सम्झौता गरेर अगाडि बढेको आरोप लगाए । उनले गौर घटना राजनीतिक भएको र राजनीतिक रुपमै समाधान संसदीय समिति गठन गरेर अगाडि बढ्नुपर्ने बताए । तत्कालीन जाहेरीका आधारमा मात्र सरकार अगाडि बढे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकार नै हुनुपर्ने बताए । साथै सम्झाैतामा षडयन्त्रकाे गन्ध आएकाे बताए । जसपा अहिले सरकारमा छ । सरकारमा रहने वा नरहने भन्ने सरकारको व्यवहारले निर्धारण गर्ने उनले बताए ।

‘हामीमाथि झिना मसिना कुरालाई लिएर झुटा मुद्दा लगाउने र फसाउने सोच्छ भने केही भन्नु छैन, जनताले जवाफ दिइहाल्छन्, यस्ता आरोपलाई जसपाले टेरपुच्छर लाउँदैन’ संघीय सांसद समेत रहेका नेता यावदले ‘हत्या घटना माओवादीको ज्यादातिविरुद्ध जनताले गरेका प्रतिकारका क्रममा भएको हो ।’

सरकारले हत्याकाण्डमा मारिएकाका परिवारका सदस्य तत्कालीन अवस्थामा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरुविरुद्ध प्रहरीमा दिएको टिकानी जाहेरीमाथि अनुसन्धान गर्ने सहमति जनाउँदै पीडित पक्षका संघर्ष समिति संयोजक रुपसागरदेवी उपाध्ययसँग गृह सचिवले ५ बुँदे सम्झौता गरेका थिए । सम्झौतापछि जसपा सरकारसँग सशंकित हुन पुगेको छ ।

जसपाले पत्रकार सम्मेलनमा नाम लिएकाे प्रभु साह हाल प्रतिनिधिसभामा सदस्य छन् । उनले माओवादी त्यागेर आफ्नै नेतृत्वमा आम जनता पार्टी नेपाल गठन गरेका छन् ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छ : डा. शेखर कोइराला
नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छ : डा. शेखर कोइराला
साउन २७, २०८० शनिबार

विपक्षी एमालेको बालहठले संसद अवरुद्ध भइरहेको छ, बैठक सुचारु गर्न कांग्रेसले पहल गर्नुपर्छः सिंह
विपक्षी एमालेको बालहठले संसद अवरुद्ध भइरहेको छ, बैठक सुचारु गर्न कांग्रेसले पहल गर्नुपर्छः सिंह
साउन २७, २०८० शनिबार

काममा अति सुस्तता आएपछि मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको हुँः प्रधानमन्त्री प्रचण्ड

Previous article
छोराको हत्या गरेको आरोपमा बाबु पक्राउजनकपुरधाम । धनुषामा छोराको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले छोराको हत्या गरेको आरोपमा बिहीबार मिथिला नगरपालिका–३ हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको टोलीले महतोलाई उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल्य धनुषाले जानकारी दिएको छ । २०६० मङ्सिर ४ गते १७ वर्षीय छोरा सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको आरोप महतोमाथि लागेको छ ।प्रहरीका अनुसार घटनापश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिइएको हो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles