Saturday, April 19, 2025

कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामदधनगढीः कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भिमदत्त–६ सुकासाल र बेलौरी–६ मैनाहाबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २७ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।लेडिज सुट, साडी, धोती, दाल, सोडा लगायतका सामानहरु शुक्रवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट भन्सार छलीका अन्दाजी ३२ हजार मूल्य बराबरको लेडिज सुट, साडी, कस्मेटिक सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
तस्करी गरेको पुष्टि भएपछिमहोत्तरी । महोत्तरी जिल्लाको सबैभन्दा बढी तस्करी हुने नाकाको रूपमा सम्सी नाका चिनिन्छ । यो नाका तस्करीको कारण नै जादै बदनाम हुने गर्दछ । तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर यो नाकाबाट दैनिक लाखौं लाखका सामान चोरी तस्करी गरेर भित्र्याउने गर्दछन । यहाँको तस्करी सन्जाल र सुरक्षाकर्मी एवं तस्करको मिलिमतोको बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गर्दै आइरहेको थियो ।प्रकाशित समाचारलाई आधार बनाएर सशस्त्र प्रहरी बल मधेस प्रदेश स्थित बाहिनी मुख्यालय महोत्तरीले छानबिन गरेको थियो । उक्त छानबिनका क्रममा सम्सी स्थित बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हिमालय सुवेदी देखि त्याहां कार्यरत सबैको कुनै न कुनै रूपमा संलग्नता देखिएपछि बाहिनीले परिचर समेतको सबै सेट नै परिवर्तन गरेको छ । तानिएका सबैलाई महोत्तरी गण र बाहिनीमा थन्क्याइएको छ । सम्सीमा सशस्त्र प्रहरी निरीक्षक टिकाराम मैनालीको नेतृत्वमा परिचर सम्मको नयाँ टोली पठाएको छ । पुरै सेट नै परिवर्तन गरिएको कुरालाई बाहिनीपति डिआइजी दिपेन्द्र शाहले पुष्टि गरे। यो नाकाबाट कपडा र किराना सामानको ठूलो मात्रामा तस्करी हुँदै आएको थियो । नयाँ निरीक्षक गएपछि अहिले तस्करी भने रोकिएको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles