राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको आरोप लगाएका छन् । सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रविले यस्तो आरोप लगाएका हुन् । संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरेको उनको आरोप छ । संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको उनले बताए । सभामुखको यस शैलीको उनले भत्सना समेत गरे । सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै यस्तो प्रवृति कसको लागि र किन भनि रविले प्रश्न समेत गरेका छन् ।साभार।
