सशस्त्र प्रहरीको चेकजाँचमा तस्करीका समानहरु बरामदपश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सेमरीले महेन्द्र राजमार्गको बर्दघाट नगरपालिका वडा नं ४ चिसापानी चोकमा रात्रीबस चेकजाँच गर्ने क्रममा कर छलेर ओसारपसार गर्न लागेको गाडीको पार्टपुर्जा सहित कस्मेटिक्स सामाग्रीहरु बरामद गरेको छ ।रुपन्देहीको भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ८५५७ नम्बरको रात्रीबसमा बिलबिजक नभएको अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिएका हुन ।सशस्त्र प्रहरीको नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल सेमरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले उक्त अवैध सामाग्री बरामद गरेको हो ।बरामद गरिएको सामाग्रीहरुमा गमला,काचको गिलास, फेस क्रीम, गाडीको ग्यरबक्स,केही लिक्विट र काजु लगायत रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।अवैध सामाग्री बोकी ल्याउने रात्री बस र बरामद भएको अवैध सामाग्रीलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको र बरामद गरिएको अवैध सामग्रीको मूल्य २ लाख ५२ हजार रहेको बताइएको छ ।रुपन्देही जिल्लाको आसपासका इलाकाबाट अवैध कारोबार गर्ने केही व्यक्तिहरुले उल्लेखित सामाग्रीहरु चोरी, निकासी गरी ल्याइएको अनुमान गरिएको छ ।दिउँसोको समयमा सुरक्षा चेकजाँच बढी हुने हुँदा त्यस्ता व्यक्तिहरुले रातिको समयमा रात्री बसको प्रयोग गर्न थालेको गोप्य सुचनाको आधारमा चिसापानी चोकमा लाखौं मूल्य बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार गणपतिको कडा निर्देशनमा रात्रिकालिन चेकजाँच बढाइएको हो ।सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरले आर्थिक बर्ष ०७९/८० मा ३ करोड ११ लाख बराबरको चोरी निकासीको मालसामान पक्राउ गरि भन्सार दाखिला गरेको गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देव बहादुर चन्दले बताए । खास गरेर कपडा , चिनी, हार्डवेयर, मदिरा, मल र खाद्यान्न लगायतका समानहरु धेरै मात्रामा तस्करी हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ।
Next articleपर्साका सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउपर्सा, ३० साउन ।भारतबाट चोरी पैठारीगरी नेपाल भित्राएका २४ करोड बढीको बिभिन्न मालसमान पक्राउगरी भंसार बुझाएका छन् ।गतबर्ष ०७९÷०८० को साउनदेखि असार मसान्तसम्म पर्सा जिल्लाको बिभिन्न नाका भएर नेपाल भित्राएका मालसमानहरुलाई सीमा क्षेत्रबाट पक्राउगरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले जनाएको छ ।गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार पक्राउ परेका समानको मुल्य भने २४ करोड २८ लाख ८० हजार ९३१ रुपैयाँ भन्सार कार्यालयले तोकेको जनाए ।१८ लाख ४८ हजार ९६० रुपैयाँको कुखरा, कुखुराको मासु, माछा, ५९ लाख ७४ हजार ४७० रुपैयाँको पशु चौपाया, ३लाख २० हजार १४० रुपैयाँको मदिरा, ४ लाख १८ हजार ९८० रुपैयाँको सुर्ति, ४ लाख १९ हजार ६७ रुपैयाँको पटका,३७ लाख २१ हजार ५९६ रुपैयाँ हुण्डीको कारोवार गर्ने नगदी रुपैया, एक लाख ७५ हजार ७२ रुपैयाँको सुन तथा चाँदी, १२ करोड६५ लाख १० हजार ३११ रुपैयाँको लत्ताकपडा, किराना, हार्डवेयर र ईलाक्ट्रोनिक्स सामानहरु पक्राउगरी भन्सार कार्यालयमा बुझाएका छन् ।यसैगरी ९ करोड ८४ लाख ५३ हजार ४ सय रुपैयाँ बराबरको सवारी साधनहरु पक्राउ भएको थियो । त्यसमा ६ वटा अटो, एउटा स्कारपियो, एउटा सुजुकी कार, एउटा पिकअप, ४ वटा कार, एउटा टाटासुमो र ५९ वटा मोटरसाईकल पक्राउ गरिएको थियो ।यसैगरी ५० लाख ३८ हजार ७३५ रुपैयाँ बराबरको १३५९.७ क्यूफिट अबैध काठगरी जम्मा रु.२४,२८,८०,९३१ भन्सार कार्यालय वीरगंजमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।यसैगरी विल विजक भन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापन पत्र बिना सामान ढुवानी गरी राजश्व छलिमा संलग्न रहेको ३६ वटा ट्रक, २ वटा पिकअप, २ वटा बोलोरो र ४ वटा ट्याक्टर लगायतका सवारी साधनपनि पक्राउ गरि बुझइएको छ ।यसैगरी सशस्त्र प्रहरी बल नेपाल तथा ती अन्तर्गतका यूनिटबाट आर्थिकबर्ष २०७९÷८० मा ८४५.८५ किलो गाँजा, ७६ बोटल विन्करेक्स, ३०.८१० किलोग्राम चरेश लगायतका लागुऔषधसहित २० वटा मोटरसाईकल, २ वटा ट्रक र एउटा बसलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको छ ।यसैगरी विभिन्न गैर कानुनी कार्य तथा अपराधिक गतिविधिमा संलग्न रहेका ११४ जना व्यक्तिहरुलाई पक्राउ गरी सम्बन्धीत निकायमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।यसैगरी ४० जना लागुऔषधमा, १४ जना विद्युत चुहावटमा, ५ जना नगद रुपैयामा, एकएक जना नागरिकता र चोरी तस्करीमा, ४ जना होहल्ला, झगडामा, ८ जना चोरीमा,२ जना अनाधिकृत रुपमा सीमा भित्र प्रवेश गरेका, एक जना नक्कली नोटको कारोबारमा, १० जना हतियार,गोली, गठ्ठामा, २ जना सशस्त्र प्रहरी कर्मचारी माथि हातपात गर्ने, २ जना रुद्राक्ष, जडिबुटी र ७ जना कस्तुरीको विणासहितको कार्य गर्ने र २८ जना मानव तस्करमा संलग्न रहेकालाई पक्राउगरी प्रहरीमा बुझाइएको छ ।यसैगरी नदी जन्य उत्खन्न गर्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई सम्बन्धित गाँउपालिका कार्यलयमा बुझाईएको र सो पालिकाले प्रति ट्याक्टर रु. ५ हजारको दरले जरिवानासमेत गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले जनाएको छ ।