Saturday, April 19, 2025

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओलीनेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो ।

ताजा / भरखरै प्राप्त

उहाँले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनुभयो । उहाँले तत्कालिन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताउनुभयो । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गर्नुभयो । सभार ।

Previous article
बाढी पहिरोमा सेनाको उद्धार कार्य जारीनेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित स्थानमा फौज परिचालित गरेको जनाएको छ ।मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीका कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार ईलाका जलमग्न र लेदोयुक्त भएको हुँदा स्थानीयवासी र घर सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरेको सेनाले जनाएको छ । पुलहरु बगाएको ठाउँमा काठको अस्थायी पुल निर्माण गरेको र पीडित स्थानीयवासीहरुलाई खाद्यान्न तथा बन्दोवस्ती सामान व्यवस्थापन गरिएको जनाएको छ ।त्यस्तै, साउन २८ गते गएको पहिरोमा परि बेपत्ता भएका दोलखा जिल्ला,विगु गाउँपालिका–७, तिनपानेमा दुई वटा ढुङ्गाको बीचमा चेपिएको एकजनाको शव फेला पारी प्रहरीलाई बुझाएको सेना जनाएको छ । साथै, म्याग्दी, सोलुखुम्बु र सिन्धुपाल्चोक उद्धार कार्य जारी राखेको तथा बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उद्धार जारी रहेको र आकस्मिक विपद्‍को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles