बागमती प्रदेशमा मन्त्री भइसकेका एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टी जिम्मेवारीवाट अलग हुने बताएका छन् ।
स्थापितले केन्द्रीय सदस्य पद छाड्ने भनेपछि एमालेले स्थापितलाई पार्टी जिम्मेवारीवाट बिदाई गरेको छ । स्थापितले केहि नयाँ गर्ने भन्दै पार्टी जिम्मेवारी छाडेको बताउने गरेका छन् ।
स्थापित राजाको पालामा काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनित भएपछि विवादीत बन्न पुगेका थिए ।
गएको स्थानीय तहको निर्वाचनमा समेत उनी काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह ’बालेन’सँग पराजित भएका थिए । यद्यपी स्थापित एमालेको युवा संघमा केपी ओली अध्यक्ष हुँदा महासचिव थिए ।
