एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्नपर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौ सिवानटोला र भारतको पूर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत १२ सिवानटोला स्थित एकिकृत सुरक्षा जाँचचौकी (आईसीपी)मा साउन ३० गते एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक दिपेन्द्र शाह र समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआईजीसुरेश सुब्रमण्यमले उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई शिल्ड तथामेडल प्रदान गर्नुभएको थियो ।प्रतियोगितामा नं. १३ गण पर्साले भारतीय एसएसबीको ४७ औँ बटालियन ईकम्पनी आईसीपीको भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गरी विजयी भएका थिए ।मित्रराष्ट्र भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेकोशुभकामना आदान प्रदान तथा मैत्रीपुर्ण भलिबल प्रतियोगिता कार्यक्रममा नं.१२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी र नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायत दुबै देशकासुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।