Saturday, April 19, 2025

नेकपा एमालेले अबदेखि पार्टीका कुनै पनि कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीबाहेक कसैको पनि फोटो राख्न नपाइने सर्कुलर जारी गरेको छ । सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न पार्टीका सबै निकायलाई परिपत्र गरेको छ । सोमबार बसेको पार्टी सचिवालयले गरेको निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा अध्यक्षको मात्र फोटो राख्न पाइने नियम बनाइएको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

उनले सामाजिक सञ्जालमार्फत एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गरेको बताएका छन् । ओलीको यो निर्णयको सबैले स्वागत गरेको उल्लेख गरेका छन् । एमालेका कार्यक्रममा भद्दा आसन ग्रहण निषेध, फूलमाला र खादा निरूत्साहित गर्न यस्तो निर्णय गरिएको हो ।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताएका छन् । त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय पनि भएको उनको भनाई छ ।

उपमहासचिव रिमालले कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको पनि उल्लेख गरेका छन् । पार्टी अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सुझावलाई ध्यानमा राखेर मञ्च सञ्चालनसम्बन्धी नयाँ परिपाटीको थालनी गर्न यस्तो निर्णय गरेको रिमालको भनाइ छ ।

नेकपा एमाले

Previous article
हत्या गरी खोल्सीको झाडीमा लुकाइएको शव फेलाझापा । झापाको मेचीनगरमा एक ४३ वर्षीय पुरूषको हत्या गरी खोल्सीको झाडीमा लुकाइएको अवस्थामा शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ वर्षीय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।उनका अनुसार घटना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ । जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपि प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रवक्ता रिजालले बताए ।साभार!
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles