Saturday, April 19, 2025

बागेश्वर बाबा काठमाडौंमा, प्रधानमन्त्री दाहाललाई भेट्दैभारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन ।आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।भोलि उनी चौधरी समूहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन् । जहाँ उनले भदाै‌ २ देखि ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछन् ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्नपर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौ सिवानटोला र भारतको पूर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत १२ सिवानटोला स्थित एकिकृत सुरक्षा जाँचचौकी (आईसीपी)मा साउन ३० गते एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक दिपेन्द्र शाह र समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआईजीसुरेश सुब्रमण्यमले उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई शिल्ड तथामेडल प्रदान गर्नुभएको थियो ।प्रतियोगितामा नं. १३ गण पर्साले भारतीय एसएसबीको ४७ औँ बटालियन ईकम्पनी आईसीपीको भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गरी विजयी भएका थिए ।मित्रराष्ट्र भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेकोशुभकामना आदान प्रदान तथा मैत्रीपुर्ण भलिबल प्रतियोगिता कार्यक्रममा नं.१२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी र नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायत दुबै देशकासुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles