चोरीपैठारीको लत्ताकपडासहित पाँच जना व्यक्ति नियन्त्रणमाबाँके जिल्लाको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट साउन २८ गतेसशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोलत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षिय सिता प्रसाद कौली, २६वर्षिय गुडु यादव, २४ वर्षिय राजेन्द्र कौली, २७ वर्षिय खर्मन पठान र २४वर्षिय गुड्डुप कसिफ छन् ।यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमा राखीनेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थानतन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेलेनियन्त्रणमा लिएको हो । मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाईटाढैबाट देख्नासाथै फरार भएका थिए ।नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहितआवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमाबुझाईएको छ ।