Sunday, June 29, 2025

नेपाल प्रहरीका एआईजीहरूको सरुवा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा गरेको छ ।गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो ।उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएको स्रोतले जनायो। यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ ।दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् । मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ ।यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ ।स्रोतका अनुसार काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles