Sunday, October 19, 2025

मुग्लिन पुलमा झुण्डिएका व्यक्तिको सकुशल उद्धार

ताजा / भरखरै प्राप्त

चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका- ६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको हो ।
परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुलमा झुण्डिनुको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles