महानगरका विभिन्न स्थानमा ठेला, गाडा, फुटपाथमा व्यापार गर्दै आइरहेका व्यापारीहरुले आइतबार बिहान कार्यालय समय सुरु भएसँगै प्रदर्शनी मार्गस्थित सडकमा ‘गरि खान पाऊँ’ भन्दै प्रदर्शन गरेका हुन् ।
गाडामा सामान राखेर बेच्नेहरुमाथि महानगरका प्रहरीले दमन गरेको भन्दै मेयर साहको विरोध गरे । उनीहरूले मेयर साह र उपमेयर साहलाई जनताकाे मतकाे सम्मा गर्न अनुराेध गरे ।
उनीहरुले गरिब होइन गरिबी हटाउन र ललितपुर महानगरजस्तै व्यवस्थापन गर्न माग गरे । पछिल्लो समयमा महानगर प्रहरीले साइकल वा गाडालाई जहाँ देख्यो त्यही छोपेर कब्जा गर्दै आइरहेका छन् ।
