भारतीय नम्बर प्लेट बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका-६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरिएको हो ।
उनीसँगै रहेका २० वर्षीय प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीलाई सशस्त्र प्रहरी बल संग्रामपुरको टोलीले शनिबार राति पक्राउ गरेको हो । थप अनुसन्धान गर्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक केबी गुरुङले जानकारी दिए ।
प्रहरीले दुवै जनालाई बरामद हतियार, गाेली र माेटरसाइकलसहित आइतबार सार्वजनिक गरिएकाे छ । उनीहरूकाे साथबाट केही रकम समेत बरामद भएकाे जनाइएकाे छ ।
सशस्त्र प्रहरी
