सामान्यतया कार्यालय प्रमुख बिदा बस्दा एक तह मुनिको अधिकृतलाई कार्यालयको चार्ज बुझाउनु पर्छ तर सशस्त्र प्रहरीका डीआईजी खत्रीले सो प्रावधानको ठाडो उल्लंघन गरेका छन् । सशस्त्र प्रहरी बल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी खत्री साउन भर श्रीमतीसहित अमेरिका घुमघाममा जाँदा एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्नेमा कुनै पनि जानकारी नदिएको खुलेको हो । ‘उनले चार्ज बुझाएको छैन भन्ने जानकारी मुख्यालयलाई थाहै भएन, उहाँ विदामा बसेको पनि जानकारी भएन’, मुख्यालय स्रोतले भन्यो ।
स्रोतका अनुसार २२ दिन घर बिदा लिएका उनले कसैलाई कार्यालयको चार्ज बुझाएनन् । चार्ज नबुझाइ बिदा बसेको भन्दै मानवश्रोत विभागले आपत्ति जनाउँदै अबदेखि कही कतै गए वा घर विदामा बसे अनिवार्य रुपमा चार्ज बुझाउन निर्देशन दिएको छ । ‘ विभागले भाद्र १ गते प्रतिष्ठानलाई लेखेको पत्रमा कार्यालय प्रमुख बिदा बस्दा चार्ज बरबुझारथ गर्नुपर्नेमा निज डीआईजी खत्री २२ दिन बिदा बसेर हाजिरमात्र भएको भन्ने जानकारी मात्र भएको’, उल्लेख गरेको छ ।
२२ दिन सम्म प्रशिक्षण प्रतिष्ठान कस्को कमान्डमा थियो भन्ने गम्भीर प्रश्न उठेको छ । त्यसबीचमा प्रतिष्ठानमा घटना दुर्घटना भएको भए को जिम्मेवार हुने भन्ने प्रश्न पनि उठेको छ जबकी २२ दिन बिदा लिएर उनी श्रीमती सहित अमेरिकामा मस्त-व्यस्त थिए । त्यतिन्जेल सशस्त्रको एक मात्र प्रतिष्ठान बेबारिसे जस्तै बन्यो । उनी पछिका अधिकृत एसएसपी कमल तिमल्सिनाले पनि यस्तो कुरालाई गुपचुप राख्न खोजेको भन्दै मानव स्रोत विभागले प्रश्न गरेको छ ।
सशस्त्र प्रहरी
डीआईजी
