Saturday, March 15, 2025

चार देशीय महिला टी-२० मा विजयी सुरुवात गरेको नेपालले आज कुवेतसँग खेल्दै

ताजा / भरखरै प्राप्त

मलेसियामा जारी चार देशीय टी–ट्वान्टी शृंखला अन्तर्गत आज नेपाली महिला क्रिकेट टिमले कुवतेको सामना गर्दैछ । मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मंगलबार सम्पन्न खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित हात पारेको थियो ।
नेपाललाई जित दिलाउन सीता रानामगरले टि-ट्वान्टी आईमा अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत प्रर्दशन गर्दै चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिइन् । पूजा महतोले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेकै खेलमा ब्याट र बल दुवैबाट राम्रो सहयोगी भूमिका खेलिन् । उनले १ विकेट हात पार्दा १६ रन जोडिन् । सम्झना खड्काले अविजित ३६ रनको योगदान दिएकी थिइन् । दुवै युवा खेलाडी सम्झना र पूजाको साझेदारीले नेपालको जितको आधार तय गरेको थियो । आजको खेलमा पनि यो जोडीको भूमिका महत्वपूर्ण हुने छ ।
कुवेत पहिलो खेलमा मलेसियासँग हार बेहोर्दै नेपालविरुद्ध मैदान उत्रन लागेको हो । मेलसियासँग कुवेत ८ विकेटले पराजित भएको थियो । वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा मलेसियाविरुद्ध २२ रन जोड्दा ७ विकेट गुमाएको कुवेतले उद्घाटन खेलमा खास प्रदर्शन गर्न सकेन। मध्यपूर्वी टोली कुवेत पहिलो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ ।
आजै हुने पहिलो खेलमा मलेसिया र हङकङ आमनेसामने हुँदैछन् । यी चार टिमले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यासका लागि सिरिज खेलिरहेका हुन् । यो सिरिजलाई आईसीसीले टी–ट्वान्टी आईको मान्यता दिएको छ। सिरिजमा सम्मिलित चार टिममध्ये उत्कृष्ट दुई टिमले फाइनल खेल्ने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles