दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको र उनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ । बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
त्रिशुली नदीमा भएको दुर्घटनाको उद्धारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
त्रिशुली नदीमा भएको दुर्घटनाको उद्धारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
भदौ ६, २०८० बुधबार
काठमाडौंबाट पोखराका लागि हिँडेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो
काठमाडौंबाट पोखराका लागि