Tuesday, October 22, 2024

भदाै, काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२ छहराबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेकाे छ । मृतक मध्ये २ जना महिला र ६ जना पुरुष रहेका छन् ।

ताजा / भरखरै प्राप्त

मृत्यु हुनेहरुमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने अन्दाजी २४-२५ का सविन रम्तेल, म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ५ जनाको भने पहिचान खुल्न बाँकी छ ।

काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार विहान सवा ११ बजे दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । दुर्घटनामा १६ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा पर्वतको मोदी गाउँपालिका– १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल, बस चालक म्याग्दी बेनि नगरपालिका– ६ बस्ने बर्ष ३० को दिपक थापा, बेनी नगरपालिका– ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ बस्ने बर्ष १९ को कुशल अधिकारी, नामथर वतन नखुलेको अन्दाजी बर्ष ३०-४० कि महिला , अन्दाजी ३०-३५ को पुरुष , अन्दाजी बर्ष ३५-३६ को पुरुष रहेका छन् ।

यस्तै काठमाडौं किर्तिपुर नगरपालिका–९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका– २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर, बाग्लुङको बर्ष १९ कि शुस्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिका बस्ने बर्ष अन्दाजी ६३ कि हरिकला गौडेल रहेका छन् ।

यस्तै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, गरुङ्गंगा गाउँपालिका–७ बस्ने बर्ष २९ को प्रविन पुन, बंगलादेशका बर्ष ३२ को मोहमद हजिरहुल, म्याग्दी रघुगंगा गाउँपालिका–६ बस्ने बर्ष २३ कि रिना रानामगर , बाग्लुङको गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर रहेका छन् ।

केही अझै हराईरहेको हुन सक्ने आशंकामा गोताखोर टोलीले खोजी गरिरहेको छ । बसका सह चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ बस्ने बर्ष ३४ को रोशन तामाङलाई सकुशल उद्वार गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles