Friday, March 14, 2025

हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

ताजा / भरखरै प्राप्त

धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका हुन् ।
मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीका भनाइ छ ।
साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडियो सार्वजनिक भएको थियो । उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।

Previous article
उपप्रमुखसहित परिवारमाथि भएको आक्रमणको चौतर्फी विरोधबारा । बाराको पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनसहित परिवारमाथि शनिवार राति भएको आक्रमणको चौतर्फी विरोध भएको छ ।बैरियास्थित घरमै प्रवेश गरेर एक समूहले आक्रमण गरेको घटनाप्रति विभिन्न निकायले विरोध जनाएका छन् । पछिल्लो पटक घटनाको विरोध गर्दै मंगलबार जीतपुरसिमरा उपमहानगरपालिकाले विज्ञप्ति जारी गरेको छ ।स्थानीय सरकारलाई हतोत्साहित बनाउन आक्रमण गरिएको भन्दै उपमहानगरपालिकाका प्रवक्ता भोजबहादुर खत्री (ईश्वर)ले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।गत शनिवार राति बैरियास्थित घरमै प्रवेश गरेर एक समूहले आक्रमण गरेको घटनामा पछिल्लो पटक हिजो नेकपा एमाले बाराले विज्ञप्ति निकालेर विरोध जनाएको हो ।हिजो नै जीतपुरसिमरा उपमहानगरपालिकाले पनि विज्ञप्ति जारी गर्दैै घटनामा विरोध जनाएको छ ।नेकपा एमालेका अध्यक्ष एवंम कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले जारी गरेको विज्ञप्तिमा पचरौता नगरपालिकामा भएको घटनाप्रति निन्दा गर्दै दोषि उपर कडा कारबाहीको माग गरिएको छ ।‘उपप्रमुख नसिमा खातुन, उहाँका श्रीमान नेवाजी अंसारी, स्थानीय बासिन्दा कन्हैयालाल साहलगायतकामाथि अराजक समुहबाट गरिएको संघातिक हमलासहित घर र सिसि क्यामरा तोडफोड लगायत लुटपाट गरिएको घटनाप्रति नेकपा एमाले जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।त्यस्तै राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कार्यसमिति बाराले पनि एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा आक्रमण गर्ने समुहलाई कानुनि कार्वाहीको माग गरिएको छ ।यसअघि नेपाल नगरपालिका संघ र निजगढ नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका थिए ।नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले उपप्रमुखसहित परिवारमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।यसैगरी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उक्त घटनामा संलग्न व्यक्तिहरुमाथि कारवाही गर्न सरकारसंग माग गरेका छन् ।उक्त समूहले कुटपिट गर्दा उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीलगायतका व्यक्ति घाईते भएका थिए । घाईतेको गण्डकस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहितका व्यक्तिले घरमै प्रवेश गरेर उपप्रमुखसहित परिवारका सदस्यलाई कुटपिट गरेको र घरमा लुटपाट गरेको स्थानीयको भनाई छ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles