भोजपुर हतुवागढी गाउँपालिका–४ की एक युवतीले सोही ठाउँका प्रेमीसँगको यौन सम्बन्धबाट नौ महिनाको शिशुलाई जन्म दिएकी थिइन् । तर प्रेमीले विवाह गर्न र शिशु स्वीकार नमानेपछि पे्रमी गोविन्द्र राईकै योजनामा अस्पतालमा चिकित्क, कर्मचारी समेतको मिलेमतोमा शिशुलाई आमालाई नदिई बेपत्ता पारिएको थियो ।
बच्चा पाउन भन्दै आमा विराटनगर प्रहरीकहाँ पुगेपछि भएको अनुसन्धानका क्रममा जन्मनेवित्तिकैदेखि बेपत्ता पारिएकी छोरीलाई प्रेमी, चिकित्सक तपेश्वरलाल कर्ण, कर्मचारी सुधा राजवंशीको मिलेमतोमा निसन्तान अवस्थाका मोरङका सूर्यनारायण राजवंशी दम्पत्तिलाई बेचेको खुल्यो । त्यसरी लगिएकी शिशुलाई दुई दिनमै जण्डिस भएको विराट मेडिकल कलेजमा लगेर उपचार समेत गराइएको पाइएको छ । शिशुलाई मंगलबार नै उद्धार गरी आमाको जिम्मा लगाइएको छ ।
प्रेमी र चिकित्सक कर्ण पक्राउ परेपछि घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । शिशुलाई कर्णले ५ लाख रुपैयाँ लिएर बेचेको समेत खुलेको छ । कर्णले कर्मचारी सुधामार्फत ग्राहक खोजी गरेको र त्यसक्रममा सूर्यकिरणका आमा दिलमाया सम्पर्कमा आएको देखिएको छ । प्रहरीले शिशु बेपत्ता पारिएकाे र बेचविबखन गरेकाे आरोपमा प्रेमी गोविन्द, चिकित्सक कर्ण, कर्मचारी सुधा, सूर्यकिरण र दिलमायालाई पक्राउ गरेको हो । दिलमायाले छोरा–बुहारीको विहे भएको धेरै वर्ष बित्दा पनि सन्तान नभएपछि शिशुलाई अस्पतालबाट लगेकाे बयान दिएको प्रहरीको भनाइ छ ।
विवाह गर्न र बच्चा स्वीकार्न गोविन्द तयार नभएपछि घटनाको फेहरिस्त बनेको र शिशुकी आमाले सन्तानको माया नत्यागेका कारण घटना बाहिर आउन सफल भएको प्रहरीको दाबी छ । शिशु चोरी भएर बेचिने घटनाक्रमसम्मलाई हेर्दा बढी नै रकम लिएको हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ गहिरो अनुसन्धान भइरहेको जनाएको छ ।
यो पनि पढ्नुहोस
नवजात शिशुलाई बेपत्ता पारेको आरोपमा डाक्टरसहित ६ जना पक्राउ
नेपाल प्रहरी
स्वास्थ्य
अस्पताल